महोत्तरीको जलेश्वरमा आज शनिबार बिहान एक छापाखानामा आगलागी हुँदा ३० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिका–२ स्थित महेन्द्रचोकमा सुरेन्द्र साहले सञ्चालन गरेको पशुपति छापाखानामा बिहान करीब ५:३० बजे विद्युत् सर्ट भई आगलागी हुँदा ३० लाख बराबरको क्षति भएको हो ।
सो आगलगीमा परी छापाखानाको फ्लेक्स प्रिन्टर मेशिन, छापाखानाको ठूलो र सानो मेशिन, कागजपत्र, अन्य स्टेशनरी, फर्निचर तथा अन्य सरसामानसहित ३० लाखको सरसामान जलेर नष्ट भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।
छापाखानामा लागेको आगलागी जलेश्वर नगरपालिकाको बारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा ६:३० बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
(रासस)