गत शनिबार बिहानै मोरङको पथरीमा मृत अवस्थामा फेला परेकी २९ वर्षीया रिना बस्नेतबारे सत्यतथ्य पत्ता लगाउन भन्दै भएको प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ।
स्थानीयले रिना बस्नेतको हत्यारा खोज्न भन्दै प्रदर्शन गरेका थिए। झडपको स्थिति सिर्जना भएपछि प्रहरीले २ राउण्ड अश्रुग्यास प्रहार गरेको ईलाका प्रहरी पथरीले जनाएको छ।
'यहाँ नाराजुलुस उठिरहेको थियो। भीड बढेपछि नियन्त्रण गर्न २ राउण्ड अश्रुग्यास फालिएको हो,' ईलाका चौकीकी एक प्रहरी जवानले भनिन्।
रिनाको हत्यामाथि छानबिनको माग गर्दै बजारसमेत बन्द गरिएको छ।