रसुवाको टिमुरे भन्सार जाँचपासमा रहेको एउटा ट्रकबाट सात किलो सुन बरामद भएको छ।
सशस्त्र प्रहरी भन्सार राजश्व गस्ती टिमुरे र नेपाल प्रहरीको संयुक्त टोलीले मंगलबार स्याउ लोड भएको ट्रकबाट सुन बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङका अनुसार अपराह्न ना ६ ख ९०६८ नम्बरको ट्रकमा सुन भेटिएको हो।
भन्सार जाँचपासका क्रममा प्रहरीले शंका गरी ट्रकको तलासी लिएको थियो। चीनबाट स्याउ लिएर आएको त्यो ट्रकमा सुन भेटिएको तामाङले बताए। उक्त ट्रक काठमाडौं आउँदै थियो।
सुनसहित ट्रक चालक नवकुण्ड गाउँपालिका-१ यार्सा घर भएका शेर ग्याल्पो घलेलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको तामाङले बताए।