काभ्रेका एक युवकको बर्डफ्लुका कारण मृत्यु भएको पुष्टि भएको छ।
‘एच फाइभ एनवान’ का कारण काभ्रेका २१ वर्षीय युवकको मृत्यु भएको हो।
चैत १५ गते ती युवकको मृत्यु भए पनि उनलाई के रोग लागेको भन्ने खुलेको थिएन। खोकी, स्वासप्रश्वासलगायत समस्याबाट पीडित युवकको उपचारकै क्रममा मृत्यु भएको थियो।
बिरामी युवकको र्याल परीक्षणका लागि जापान पठाएको र बर्डफ्लुकै कारण उनको ज्यान गएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
ती युवकको मन्त्रालयले पहिचान भने खुलाएको छैन। ‘एचफाइभ एनवानबाट नेपालमै पहिलोपटक मानिसको मृत्यु भयो,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सेतोपाटीसँग भने।