प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिमा आधारित शिक्षणका लागि ‘नमूना स्मार्ट विद्यालय’ को आज उद्घाटन गरेका छन्।
‘डिजिटल नेपाल : विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको दोस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सो स्मार्ट विद्यालय कार्यक्रमको थालनी गरेका हुन्।
गण्डकी प्रदेशको कास्की देउराली रुपाकोट-५ को विश्व शान्ति मावि स्मार्ट विद्यालयको रूपमा घोषित भएको छ।
काठमाडौंको कमलपोखरीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रिमोट क्लिक गरी गरिएको सो उद्घाटन अनलाइन प्रविधिको माध्यमबाट उक्त विद्यालयमा प्रत्यक्ष प्रसारण गरिएको थियो। सरकारले हरेक प्रदेशको कम्तीमा एक सामुदायिक विद्यालयमा सो कार्यक्रम लागू गर्ने लक्ष्य लिएको छ।