नेपाल प्रहरीको रिक्त रहेको एक डिआइजी पदमा एसएसपी विश्वराज पोखरेलको नाम बढुवाका लागि सिफारिस भएको छ। बढुवा सिफारिस समितिले पोखरेललाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको हो।
डिआइजी सुशिल भण्डारीको दुर्घटनामा परेर निधन भएपछि प्रहरीमा एक डिआइजी पद रिक्त थियो।
बढुवा सिफारिस समितिले विरेन्द्र श्रेष्ठलाई बढुवामा छुटाएको छ। श्रेष्ठ हालका आइजिपीका ब्याची हुन् ।