गौर नगरपालिका-६ स्थित बसपार्कबाट प्रहरीले एक किलो सुन बरामद गरेको छ।
सोही नगरपालिका-५ का २१ वर्षीय अनुकेशकुमार साहलाई १ किलो २ सय ५० ग्राम सुनसहित शुक्रबार बिहान पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु ४१ प ५८०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक अनुकेशलाई उक्त सुनसहित फेला पारी पक्राउ गरिएको प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए।