राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संघीय संसद भवनमा सरकारले ल्याउने नीति तथा कार्यक्रम घोषणा कार्यक्रममा आउँदा सवारी आवागमन प्रभावित हुने भएको छ।
अपरान्ह ३:३० बजेदेखि महाराजगञ्ज-लाजिम्पाट-लैनचौर-केशरमहल-दरवारमार्ग-जमल-न्युरोड-भद्रकाली-सिंहदरबार-माइतीघर-नयाँ बानेश्वरसम्मका सडक प्रभावित हुने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले आग्रह गरेको छ।
महाशाखाले उक्त रूट प्रयोग गर्ने सवारी चालकलाई महाराजगञ्ज, बालुवाटार-नक्साल-जयनेपाल-कमलपोखरी-पुतली सडक-अनामनगर-थापागाउँ वा चक्रपथको बाटो प्रयोग गर्न आग्रह गरेको छ।