सरकारले ७ सय ५३ स्थानीय तह जोड्ने सडक कालोपत्रे गर्ने भएको छ।
संघीय संसदमा शुक्रबार आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी चार वर्षभित्र सबै स्थानीय तहका केन्द्र जोड्ने सडक कालोपत्रे गरिने जानकारी दिइन्।
कर्णाली करिडोरका सबै क्षेत्रमा सडकको ट्रयाक खोल्ने उनको भनाइ छ।