सरकारले सामाजिक सुरक्षा भत्ता रकम वृद्धि गर्ने भएको छ।
संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने जानकारी गराइन्।
गत वर्ष भत्ता बढेको थिएन। वृद्धभत्ता बढाएर मासिक पाँच हजार पुर्याउने चुनावका बेला भने पनि सरकारले गत वर्ष बढाएको थिएन।