पोखरामा हेलिएयर कम्पनीको जाइरोकप्टर मंगलबार अवतरण गर्ने क्रममा दुर्घटना भएको छ।
जाइरोकप्टर चालक फ्रान्सका ४५ वर्षीय एरिक र गैंडाकोट नगरपालिकाका नवलपरासीका यात्रु ३५ वर्षीय अनिश भट्टचन सवार थिए।
दुर्घटनाबाट ठूलो क्षति भने/नभएको पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए।
‘यात्रुको हातमा सानो चोट लागेको छ। चालकलाई केही पनि भएको छैन,’ उनले भने, ‘तत्काल उद्धार भएकाले ठूलो मानवीय क्षति हुन पाएन।’
दिउँसो १ बजेर ४५ मिनेट जाँदा उडान भरेको जाइरोकप्टर २ बजेर १५ मिनेटमा विमानस्थलको पूर्वी धावनमार्गबाट अवतरण गर्ने क्रममा दुर्घटनामा परेको विमानस्थलका सूचना अधिकारी पौडेलले जानकारी दिए।
दुइटै पंखामा खराबी भएका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कास्कीका डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए।
यसअघि पोखरा विमानस्थलबाट ३ ठूला अल्ट्रालाइट भएका थिए। उक्त दुर्घटनाबाट ३ विदेशी र २ नेपालीको ज्यान गइसकेको छ।