नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तनहुँका तीन वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।
म्याग्दे ४ को गणेश मावि, मणि मावि र कालिका प्राविका विद्यार्थीलाई पौडेलले आइतबार कापीकलम तथा झोला वितरण गरेका हुन्।
यस्तै म्याग्दे ७ रानीस्वाँरा सामुदायिक भवन निर्माणका लागि पौडेलले ५० बोरा सिमेन्ट सहयोग गरेका छन्।