झापाको बुद्धशान्तिमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मंगलबार बिहान एक जनाको मृत्यु भएको छ।
जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख होमप्रसाद अधिकारीले दिएको जानकारी अनुसार स्थानीय वडा नम्बर ७ का २४ वर्षीय टीका सेन्चुरी (विक)को उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ मेची राजमार्ग अन्तर्गतको भित्रि सडकमा सोमबार राति ८ बजे मे ४ प २२०१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएको थियो।
मोटरसाइकल दुर्घटनाबाट गम्भीर घाइते भएका सेन्चुरीको बिर्तामोडको विएण्डसी अस्पतालबाट थप उपचारका लागि भारतको सिलगुडी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।