प्रहरीलाई एक सय रुपैयाँ घूस दिन खोजेको आरोपमा एक सवारी चालक झापामा पक्राउ परेका छन्।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका १३ चारआली चोकमा सवारीसाधनका कागजपत्र चेक जाँच गर्ने क्रममा प्रहरीलाई १ सय रुपैयाँ घूस दिन खोज्ने रामकुमार लिम्बूलाई प्रहरीले मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ३ ख ५७९६ नम्बरको ट्रकका चालकले सवारी चालक अनुमतिपत्रै बिना सो यातायातको साधन चलाएको ड्युटीमा रहेका प्रहरीले फेला पारेका थिए।
प्रहरीले चालक अनुमति पत्र माग्ने वित्तिकै चालकले गोजीबाट एक सयको नोट निकालेर मिलाइदिन भन्दै प्रहरीलाई अनुरोध गरेका थिए।
झापा अर्जुनधारा नगरपालिका २ बस्ने वर्ष ४२ वर्षीय लिम्बूले प्रहरीलाई पैसा दिएर प्रलोभनमा पारेको भन्दै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय झापाले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
चालक लिम्बूलाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा अनुसन्धानका लागि राखिएको प्रहरीले बताएको छ।