स्याङ्जा पुतलीबजार नगरपालिका ५ का ५६ वर्षीय मृगौला रोग पीडित राजेन्द्रकुमार कार्कीलाई उपचार गर्न आर्थिक सहयोग जुटेको छ।
मकाउमा रहेका नेपालीहरूले पठाएको ६० हजार रुपैयाँ सहयोग बिहीबार कार्कीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले हस्तान्तरण गरेका हुन्।
नेपाल विद्यार्थी संघ मकाउले कार्कीलाई उलपब्ध गराउन सहयोग रकम पठाएको थियो।
आर्थिक अवस्था कमजोर भएका कार्कीको उपचारमा समस्या भएको छ। मृगौला प्रत्यारोपणका लागि १० देखि १५ लाख चाहिने भए पनि पैसा नहुँदा प्रत्यारोपण गर्न सकिएको छैन।
कार्की ३ वर्षदेखि राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थलीमा उपचार गराइराखेका छन्।