भारतबाट लागु औषध नेपाल ल्याउने र बेच्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
लागु औषध नियन्त्रण ब्युरोले काठमाडौं १६ बसर्पाकबाट ५० वर्षकी सावित्री श्रेष्ठलाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले ६ सय ७० एम्पुल डाइजेपाम, बुप्रेनोर्फिन ५६१ र फेनारगन ५६० एम्बुल बरामद गरेको ब्युरोका निमित्त प्रमुख एसएसपी बसन्त लामाले बताए।
लागु औषध बेचेको १ लाख ४१ हजार नगद पनि प्रहरीले बरामद गरेको छ। श्रीमानसँग छुट्टिएर बसेकी श्रेष्ठले ७ वर्षदेखि यो काम गर्ने गरेको प्रहरीसमक्ष वयान दिएकी छिन् ।
उनले आफ्ना २ जना छोराहरुलाई समेत लागु औषध खुवाउने गरेको अनुसन्धानबाट देखिएको एसएसपी लामाले बताए।
छोराहरुलाई दुर्व्यसनीबाट हटाउनुको साटो, आमाले नै त्यही बाटोमा भित्र्याएको एसएसपी लामाले बताए।
घरबाटै २ छोरा र बुहारीको समेत सहयोगमा उनले लागु औषध विक्री गर्ने गरेको प्रहरीले बताएको छ। उनले भारतबाट कसरी र उनको नेटवर्कमा को को सम्लग्न छन्, अनुसन्धान भइरहेको छ, लामाले भने ।