सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ निवासी २४ वर्षीया पूजा परियारको मृत्यु भएको हो।
दाङ घोराही उपमहानगरपालिका वडा नं. १६ राउतगाउँ चोकस्थित घोराहीबाट तुलसीपरतर्फ जाँदै गरेको लु ४७ प १५४७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ९८५३ नम्बरको पावर टेलर एक आपसमा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार परियारको उपचारका क्रममा घोराहीमा मृत्यु भएको थियो।
बुधबार साँझ ५ बजेतिर भएको उक्त दुर्घटनापछि गम्भीर घाइते परियारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
दुर्घटनामा परी मोटरसाइकल चालक तुलसीपुरका गुमान विक गम्भीर घाइते भएका छन्। विकलाई दाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।