काठमाडौंको तीनकुनेबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले पेस्तोलसहित सञ्जय शेर्पालाइ पक्राउ गरेको हो।
पेस्तोल बोकेर हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको डिएसपी होबिद्र बोगटीले जानकारी दिए। उनले कहाँबाट हतियार ल्याए र किन ल्याए भन्ने विषयमा अनुसन्धान भइरहेको छ।