सोमनाथ भट्टराईले ट्याक्सी आवश्यक परेको भनी एक दैनिक पत्रिकामा विज्ञापन दिएका थिए।
नुवाकोट तार्केश्वर गाउँपालिकाका ४४ वर्षीय राम वस्तीले भट्टराईलाई फोन सम्पर्क गरी आफूले ट्याक्सी बेच्न चाहेको बताए। भट्टराईलाई बोलाएर उनले बा ३ ज ३८१० नं को सेतो रङको ट्याक्सी देखाए। ट्याक्सीको मूल्य २२ लाख रुपैयाँ कायम गरियो।
जसमध्ये १५ लाख रुपैयाँ भट्टराईकै कोठामा गई वस्तीले लिए। बाँकी ७ लाख रुपैयाँ गाडी पास गर्दा दिने सहमति भयो। तर १५ लाख रुपैयाँ बुझेका वस्ती एकाएक सम्पर्कविहीन भए।
भट्टराईले आफू ठगिएको भन्दै आवश्यक कारबाहीका लागि प्रहरीमा जाहेरी दिए। अनुसन्धानको क्रममा प्रहरी महाशाखाबाट खटेको टोलीले वस्तीको खोजतलास गर्दा जेठ २५ गते नुवाकोट तार्केश्वर ४ बाट पक्राउ परेका छन्।