करेन्ट लागेर मंगलबार झापामा एक युवकको मृत्यु भएको छ। मेचीनगर नगरपालिका ११ बस्ने २५ वर्षीय कमल खड्काको विर्तामोडको बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पानी तान्ने मोटर चलाउँदा खड्कालाई करेन्ट लागेको थियो। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले दिएको जानकारी अनुसार मंगलबार दिउँसो आफ्नै घरमा रहेको पानी तान्ने मोटर चलाउने क्रममा खडकालाई करेन्ट लागेको थियो।