'वीर विक्रम २'को व्यंग्यात्मक समीक्षा गरेपछि साइबर अपराधमा पक्राउ परेका प्रनेश गौतम प्रहरी नियन्त्रणमै रहेको प्रहरीले जनाएको छ।
सेतोपाटीसँग कुरा गर्दै काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले प्रनेश प्रहरी हिरासतमा नै रहेको बताएका हुन्।
यसअघि उनलाई बिहिबार अबेर हरासत मुक्त गरिएको जनाइएपनि स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको उनको भनाइ छ।
शुक्रबार उनी विरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरिएको छ। मुद्दा दर्तापछि शुक्रबार नै पेशी तोकिएको भएपनि सरकारी वकिल उपस्थित नभएपछि बहस हुन सकेन।
ञुनछेक बहस आइतबारका लागि सरेको छ।
प्रहरीले उजुरीका आधारमा पर्याप्त छानविन नै नगरी गाली बेइज्जतीको मुद्दा दर्ता नगरी दुःख दिने हिसाबले साइबर अपराधको गलत अभियोग लगाएको आरोप सरोकारवालाहरूले लगाएका छन। यसैगरी प्रनेश पक्राउ परेपछि स्वतन्त्र अभिव्यक्तिका पक्षधरहरूले 'अभिव्यक्ति स्वतन्त्रताको हनन' भएको दाबी गर्दै आएका छन्।
उनले मेमे नेपाल नामक एक फेसबुक पेजका लागि सो व्यंग्यात्मक समीक्षा गरेका थिए।
उनी विरूद्ध सिनेमाका निर्देशक तथा निर्माता मिलन चाम्लिङ राई उर्फ मिलन चाम्सले उजुरी दिएका थिए।