गर्मीका कारण भरतपुरका स्कुल ३ दिन बन्द रहने भएका छन्।
अत्याधिक गर्मीले पठनपाठनमा समस्या आएको गुनासो आएको भन्दै भरतपुर महानगरपालिकाले असार २ देखि ४ गतेसम्म स्कुल विदा गर्ने निर्णय गरेको हो।
सो विदालाई वर्षे विदाबाट कट्टा गर्ने र पठनपाठन हुने कुल दिनलाई नघटाइने महानगरले जनाएको छ।