बझाङमा यात्रुवाहक जिप दुर्घटना भएको छ।
सोमबार अपरान्ह चैनपुरबाट मष्टा गाउँपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जिप कोटदेवलमा दुर्घटना भएको हो। जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको सहायक सिडिओ रामबहादुर सार्कीले बताए।
‘प्रहरी घटनास्थलमा पुगेको छ। ९ जनाको मृत्यु र ४ जना घाइते भएको खबर आएको छ’,उनले भने, ‘उद्धारका लागि हेलिकप्टर बोलाइँदै छ।’
दुर्घटनामा परेकाहरूको उद्धार भइराखेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।
दुर्घटनाको अवस्थाबारे विस्तृत आइसकेको छैन।