भक्तपुरको सूर्यविनायकमा टिपरको ठक्करमा परी एक स्कुटर चालकको मृत्यु भएको छ।
जगातीबाट साँगातर्फ जादै गरेको बा ४ ख ५६७१ नं को टिप्परको टायरमा सोही दिशा तर्फ जाँदै गरेको प्रदेश नं ३-०२-००३ प १२६६ नं को स्कुटर ठोक्किँदा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
दुर्घटनामा काभ्रेपलाञ्चोक पाँचखाल नपा ९ घर भई हाल जिल्ला भक्तपुर सुर्यबिनायक नपा ८ सिपाडोल बस्ने बर्ष ३७ वर्षीय पदम बहादुर श्रेष्ठ घाइते भएका थिए।
घाइतेको उपचारको लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा पौने १ बजे मृत्यु भएको हो। टिपर चालक रामेछापका लोक बहादुर श्रेष्ठ र दुवै सवारीसाधनलाई महानगरीय प्रहरी वृत्त जगातीमा राखिएको छ।