गुठी विधेयक विरुद्धको संघर्ष समितिले गुठीलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहत राख्न सरकारसँग माग गरेको छ।
समितिका संयोजक डा. महेशमान श्रेष्ठले गुठी संस्कृतिसँग सम्बन्धित भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय अन्तर्गत राख्न सरकारसँग माग गरे। बुधबार गुठियारले काठमाडौंको माईतिघर मण्डलामा आयोजना गरेको विशाल प्रदर्शन कार्यक्रममा बोल्दै उनले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गत गुठीलाई राख्ने काम गरेकोमा पनि आक्रोश व्यक्त गरे।
संयोजक श्रेष्ठले सरकारले गुठी विधेयक खारेज नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने पनि स्पष्ट पारे। नेवार समूदायको गुठीको जग्गालाई कब्जामा लिने प्रयास सरकारले गरिरहेकाले त्यसको विरोधमा आन्दोलन गर्नु परेको उनको भनाई छ।