त्रिभुवन विश्वविद्यालयका सहायक डिन प्रोफेसर शम्भुप्रसाद पटेल घूससहित पक्राउ परेका छन् ।
उनलाई अख्तियारको टोलीले कीर्तिपुरको ट्यांलाफाँटस्थित स्टिकस फास्ट फूड एण्ड क्याफेबाट पक्राउ गरेको हो।
विज्ञान संकायको एउटा कलेजलाई सम्बन्धन गराइदिने भन्दै सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिँदालिँदै गर्दा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।