रसुवाको गोसाइकुण्ड गाउँपालिका २ मा सुख्खा पहिरो जाँदा ११ नेपालीसहित छ चिनियाँ कामदार सुरुङभित्र थुनिएका छन्।
बिहीबार राति ८ बजेतिर गएको सुख्खा पहिरोले रसुवागढी जलविद्युत् आयोजनाको सुरुङको प्रवेशद्वार थुनिएपछि भित्र काम गरिरहेका मजदुर अलपत्र छन्। उनीहरुको उद्धार कार्य सुरु गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।
रसुवामा एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माणाधीन छ। सुरुङभित्र थुनिएकाहरुको उद्धार गर्न नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल जुटिरहेका छन्।
सुरुङभित्र थुनिएका सबै कामदार सुरक्षित रहेको आयोजना प्रमुख छवि गैरेले बताए।