नेत्रविक्रम चन्द विप्लव माओवादी समूहले आह्वान गरेको आमहड्तालका क्रममा मोरङ र झापाका दुई स्थानमा शंकास्पद बस्तु बम फेला परेका छन्।
मोरङ प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गस्थित उर्लाबारी नगरपालिका–४ स्कुलडाँडामा प्रेसर कुकर बम फेला परेको छ। रातो कपडाले बेरेर राजमार्ग किनारमा राखिएको उक्त बम डिस्पोजका लागि नेपाली सेना घटनास्थल गइसकेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।
‘रातो कपडाले बेरेर राखेको अवस्थामा प्रेसर कुकर भेटिएकाले त्यसलाई डिस्पोज गर्न सेनाको एयरपोर्टस्थित ब्यारेकबाट टोली खटिएको छ,’ अधिकारीले भने।
यस्तै, झापाको माइखोलामा शंकास्पद बस्तु ‘बम’ भएको आशंकामा नेपाली सेना घटनास्थलतर्फ गएको छ। प्रहरीका अनुसार माइखोलाको पुलमै शंकास्पद बस्तु झारिएको छ। उक्त वस्तु बम भएको आशंकामा सेनाको डिस्पोजल टोली त्यहाँ गएको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।
सर्लाही इञ्चार्जलाई कुमार पौडेल मारिएको घटना बिरोधमा विप्लव समूहले मंगलबार देशव्यापी बन्दको आह्वान गरेको छ। पूर्व–पश्चिम राजमार्गमा फाट्टफुट्ट सवारीसाधन चलेका छन्।
शंकास्पद वस्तु, माईखोलाको पुलको मुनि गाडीफालेर हिँडेको, झोला छ, सेनाले हेर्दैछ, जिल्लामा खास केही छैन। फाट्टफुट्ट सवारीासाधन चलेका छन्।