पोखराको लेकसाइडमा चार वटा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
भारतीय नम्बर प्लेटको गाडीले तीन वटा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका हुन्।
तीमध्ये एक जनाको अवस्था गम्भीर छ भने दुई जना सामान्य छन्। एच आर ०९ एल ००० ९ नम्बरको गाडीले पोखराको हल्लनचोकमा तीन वटा मोटरसाइकललाई ठक्कर दिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए।
उनले चालकले मदिरा सेवन गरी जथाभावी सवारी चलाउँदा दुर्घटन भएको देखिएको बताए।
भारतको दिल्लीबाट उनीहरू पोखरा घुम्न आएका थिए। घाइतेहरूको पोखराकै मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ ।