दाङ देउखुरी जिल्ला अदालतले एक जना बलात्कृत महिलाको मृत्युपछि दोषीलाई ८ वर्षको कैद फैसला सुनाएको छ।
महिलालाई जबरजस्ती करणी गरेको कसूर ठहर गर्दै जिल्ला अदालतले २१ वर्षीय समिर अलीलाई आठ वर्ष कैदको फैसला गरेको छ।
राप्ती गाँउपालिका–१ का अलीलाई न्यायाधीश हेमन्त रावलको इजलासले दोषी ठहर गर्दै यस्तो फैसला सुनाएको हो।
२८ वर्षीया अपांगता भएकी पीडित महिलालाई अलीले ०७५ पुस १७ गते जबरजस्ती करणी गरेको भन्ने पीडित पक्षले जाहेरी दिएको थियो। तर अदालतको सोमबारको फैसलामा भने पीडित अपांगता भएको भन्ने खालको प्रमाण नखुलेको उल्लेख छ ।
ईलाका प्रहरी कार्यालय भालुवाङमा पुस १८ गते जबरजस्ती करणीबारे उजुरी परेपछि प्रहरीले आरोपित अलीलाई पुस १८ गते पक्राउ गरेको थियो। प्यारालाइसिसकी बिरामी ती महिलाको ०७५ फागुन २७ गते मृत्यु भयो।
पीडित महिलाको स्वास्थ्य परीक्षण पुस १८ गते भालुवाङ स्वास्थ्य चौकीमा भएको थियो ।