१५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्बर ९ का ४९ वर्षीय तीर्थबहादुर सुनार छन्। उनलाई गाउँमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।
गत जेठ ७ गते राति घरमा सुतिरहेकी ती किशोरीलाई सुनारले जबरजस्ती करणी गरेको जाहेरी प्रहरीमा परेको थियो। प्रहरीले आरोपीलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको जनाएको छ। जिल्ला अदालत बाराले उक्त कसुरमा सात दिन हिरासतमा राखी अनुसन्धान गर्न आदेश दिएको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।