गैंडाको खागसहित प्रहरीले काठमाडौंबाट तीन जनालाई बुधबार पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसरको टोलीले गोरखा चुमनुब्री गाउँपालिका ३ का लालबहादुर गुरुङ, मकवानपुर गढी गाउँपालिका २ का अष्टबहादर थिङ्ग र धादिङ महादेववेसी थाक्रे गाउँपालिका ११ का गोविन्द मोक्तानलाई पक्राउ गरेको हो।
परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार ढल्कुस्थित लालबहादुरको कोठामा तलासी लिँदा खागसहित उनीहरुलाई पक्राउ गरिएको हो। ५५ लाख रुपैयाँमा बिक्री वितरण हुन लागिरहेको सूचनाका आधारमा प्रहरीले कोठामा तलासी लिएको थियो।
लालबहादुरको कोठाबाट सेतो सिसाको पत्थरजस्तो देखिने चिज एक थान पनि बरामद भएको बोगटीले बताए। पक्राउ परेका तिनै जनालाई महानगरीय प्रहरी बृत्त लैनचौरमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।