गत वर्षभन्दा दस दिन ढिलो गरी भित्रिएको मनसुन आजदेखि देशभर सक्रिय भएको छ।
देशको मध्य र पूर्वी भू–भागमा मनसुन बढी सक्रिय रहेको र पश्चिमी क्षेत्रमा न्यूनचापीय रेखा बनेकाले मनसुन कम सक्रिय रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन्।
उनका अनुसार यो समयमा वर्षा लगातर नभई छिनमै घाम लाग्ने छिनमै पानी पर्ने हुन्छ। आज देशको पूर्वी र मध्य भू–भागको तुलनामा पश्चिमी भू–भागमा कम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
‘पश्चिममा बनेको न्यूनचापीय रेखाले पश्चिमी भू–भागहरूमा मनसुन कम सक्रिय भएको हो’, महाशाखाका मौसमविद् बासीले भनिन्।
राति देशको मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तीन दिनको मौसम पूर्वानुमान विवरण
असार १२ गते (बिहीबार)
दिउँसोः देशको मध्य र पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली तथा पश्चिमि भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पूर्व र मध्यका धेरै स्थानहरूमा साथै पश्चिमका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।
राति: देशको मध्य र पूर्वी भू-भागमा सामान्य बदली तथा पश्चिमि भू-भागमा आंशिकदेखि सामान्य बदली भइ पूर्व र मध्यका केही स्थानहरूमा साथै पश्चिमका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।
असार १३ गते (शुक्रबार)
दिउँसोः देशको मध्य र पूर्वी भू-भागमा सामान्य बदली तथा पश्चिमि भू-भागमा आंशिक बदली भइ मध्यका केही स्थानहरूमा साथै पश्चिम र पूर्वका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।
राति: देशको मध्य र पूर्वी भू-भागमा सामान्य बदली तथा पश्चिमी भू-भागमा आंशिक बदली भइ पूर्व र मध्यका केही स्थानहरूमा साथै पश्चिमका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।
असार १४ गते (शनिबार)
दिउँसोः देशको मध्य र पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली तथा पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली भइ पूर्व र मध्यका केही स्थानहरूमा साथै पश्चिमका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।
राति: देशको मध्य र पूर्वी भू-भागमा सामान्य बदली तथा पश्चिमी भू-भागमा आंशिक बदली भइ पूर्व र मध्यका केही स्थानहरूमा साथै पश्चिमका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।