अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई लाख घुससहित दुई जनालाई पक्राउ गरेको छ।
जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख अजितकुमार श्रीवास्तव र इञ्जिनियर गृष्मा ठगुन्नालाई अख्तियार टोलीले २ लाख घुससहित बिहीबार पक्राउ गरेको हो।
उपभोक्ता समितिको काम सहजीकरण गरिदिने भन्दै उनीहरू घुस मागेका थिए।