रौतहटको बृन्दावन नगरपालिका वडा नं. १ स्थित बागमती नदीको बीचमा रहेको बलेरी खोरको बस्तीमा डेढ दर्जन सर्वसाधारण फसेका छन्।
बाढीले घेरेपछि सो बस्ती सानो टापुजस्तै देखिएको छ। करिब डेढ दर्जन सर्वसाधारण र केही चौपाय फसेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
बस्तीमा रहेकाको उद्धारका जिल्ला सुरक्षा समितिले नेपाली सेनाका मेजर र विश्रामपुर चौकीबाट प्रहरी नायव निरीक्षकको टोली त्यसतर्फ खटाएको छ। नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ।