इलामको चुलाचुलीबाट शुक्रबार बिहान खोलाले बगाएर बेपत्ता भएका स्थानीय मनहाङ्ग लावतीको शव ९ घन्टापछि फेला परेको छ। झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ३ कमल खोलामा मृत अवस्थामा उनको शव फेला परेका हो।
चुलाचुली–१ हात्तिलेदाका लावती बाघद्वार खोला तर्ने क्रममा बाढीले बगाएर बेपत्ता भएका थिए। बेपत्ता भएको स्थानदेखि करिब १५ किलोमिटरको दुरीमा उनको शव फेला परेको चुलाचुली गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले बताए।