यति एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएपछि अवरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ८ घण्टापछि संचालनमा आएको छ।
बिहान ११ बजेतिर जहाज चिप्लिएर धावनमार्गको दक्षिणतिरको घाँसे मैदानमा पुगे पछि उडान–अवतरण अबरुद्ध भएको थियो। विमानस्थलका प्रवक्ता प्रताव तिवारीले चिप्लिएको जहाजलाई धावनमार्गबाट ह्याङ्गरमा लगेसँगै विमानस्थल सामान्य अवस्थामा फर्किएको जानकारी दिए।
विमानस्थल बन्द हुँदा सबै आन्तरिक उडान रोकिएका थिए भने एक दर्जन अन्तर्राष्ट्रिय उडान डाइभर्ट भए।
विमानस्थल कार्यालयका अनुसार कतार एयरवेजको जहाज कोलकत्ता, सिचुवान एयरलाइन्सको ल्हासा, चाइना साउदर्नको कोलकत्ता, विमान बंगलादेशको ढाका, थाई एयरवेजको बैंकक, नेपाल एयरलाइन्सको नयाँ दिल्ली, मालिन्दो एयरको ढाका, इन्डिगो एयरलाइन्सका उडान डाइभर्ट भए।