लगातारको वर्षाका कारण दमक नगरपालिका-१० स्थित भालु खोलाले बगाएर शुक्रबार छ वर्षीया बालिका एलिजा न्यौपानेको मृत्यु भएको छ।
दिउँसो १ बजेतिर घर नजिकैको कल्भर्टमा उभिएको अवस्थामा बालिका खोलामा खसेकी थिइन्।
खोलाले बगाएकी बालिकालाई स्थानीयले उद्धार गरी दमकस्थित लाइफ लाइन अस्पताल लगेका थिए। बालिकाको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।