बर्दिया बासगढी नगरपालिका वडा ३ उत्तरी भकारीस्थित महेन्द्र राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
पुर्वबाट पश्चिम जाँदै गरेको भे १ ख २८३६ नं बसले बाटो काट्ने क्रममा रहेको भे ४ प ७८४ नंको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनाबाट मोटरसाइकल चालक छोटेराम थारु गम्भीर घाइते भएका थिए ।
घाइते भएका छोटेरामलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा उनको मृत्यु भएको हो।
बस र चालक शत्रुहन थारुलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धमन भइरहेको इलाका प्रहरी कार्यलयका इन्स्पेक्टर बसन्त गौतमले जानकारी दिए ।