अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाबीच सम्बन्धविच्छेद हुने पक्का भएको छ।
यसको खुलासा स्वयं शिल्पा गरेकी हुन्। फिल्मी वेबसाइट 'न्यूज फिल्मी'लाई दिएको भिडिओ अन्तरवार्तामा उनले सो खुलासा गरेकी हुन्।
विवाहको तेस्रो वर्षगाँठको नजिकै निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको सम्बन्ध घरेलु हिंसाको मामिला बनेर प्रहरीकोमा पुग्यो।
प्रहरीको पुगेको सो उजुरी छलफलमा छविले माफी मागेपछि मिलापत्रमा टुङ्गियो। त्यसपछि सो सम्बन्ध कसरी बढ्ला भन्ने अनुमानका बीच अभिनेत्री शिल्पाले आफूले डिभोर्सको प्रक्रिया थालेको खुलासा गरेकी छन्।
सो अन्तर्वार्तामा शिल्पाले आफूले अति भएर सहन नसकेपछि प्रहरीमा गएको सो अन्तरवार्तामा बताएकी छन्।
शिल्पाले दिएको भिडियो अन्तरवार्ताः
उनले डिभोर्सका लागि काठमाडौं जिल्ला अदालतमा निवेदन दिएकी छन्। अब कानुन अनुसार बढ्ने उनको भनाइ छ।
'मिडियामा मलाइ छाविजीले धेरै आरोप लगाउनु भएको छ। म आफै खाना बनाएर खुवाउथे । थोरै जनाको समर्थन छ मलाइ, तर म त्यसैमा खुसी छु ।३ बर्ष चुप लागे त अब म मर्नु ? धेरै गारो भएर पुलिसकोमा गएँ । मेरो इज्जतको ख्याल गरेर ३ बर्ष चुप बसे ।३ बर्ष बसेको मान्छेको माया लाग्दैन र? मेरो आमा बाबु भन्दा माथि राखेको मेरी श्रीमान मलाई मार्नुहुन्छ सोचेको थिइन', उनले अन्तरवार्तामा भनेकी छिन्, 'फोन आउँछ कि भनेर मैले पर्खे । के गर्नुहुँदैछ? भनेर फोटो हेरी चित्त बुझाउन फेसबुकमा खोजे । ब्लक पो गर्नु भएछ । फोन गरेर केयर गर्नुहुन्छ भनेको त ब्लक पो गर्नु भएछ । मेरो पिडा कसैले बुझेन । कानुनले श्रीमतीको हैसियतले जे दिन्छ म स्वीकार्छु । म त्यो घरमा फर्केर जादिन ।'
शिल्पाले डिभोर्स दिने घोषणा गरेको केहि समयपछि शिल्पालाई सम्बोधन गर्दै छवि ओझाले शिल्पालाई घर फर्किन आग्रह गर्दै अबदेखि आफू गान्धी हुने बताएका छन्। त्यसैगरी उनले शिल्पासँग एउटै टेबलमा बसेर समस्या सुल्झाउन आफू तयार रहेको पनि बताएका छन्।
ओझाले शिल्पालाई सम्बोधन गर्दै लेखेको फेसबुक स्टाटसको संपादित अंशः
शिल्पा जी,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेपछि तपाईंसँग चाहिँ जिन्दगी बिताउन सक्छु होला भनेर जिन्दगीका सबथोक कम्प्रमाइज गरेर, माया गरेर बिहे गरेको श्रीमती हो तपाईं l छातिमा हात राखेर आज एकछिनलाई आफैलाई नढाँटी सम्झनुस् तपाईंले लगाएका कति आरोपहरु सत्य छन ? यदि तपाईं पनि आफूलाई सच्याएर अझै मेरो श्रीमती, तपाईले बिहे गर्ने बेलामा आश्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमी कमजोरीहरु सच्याएर गान्धीवादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस्, आउनुस् हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाईं साच्चै मसँग बस्न सक्नुहुन्न भने पनि एक पटक म सँगै आएर टेबलमा कुरा गर्नुस् । मेरो इतिहास पल्टाएर हेर्नुस्, आजसम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाईंलाईं पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाईंलाई सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाईंलाई अब मेरो वकिलले भेट्छ भन्नुभयो । म फेरि पनि भन्दैछु, संसारको कुनै पनि अदालतमा जानु पर्दैन । छबि ओझाको अदालतमा सिधै आउनुस् । तपाईंले न्याय पाउनुहुन्छ ।
शुभरात्री ।