घुस रकमसहित एक इञ्जिनीयर पक्राउ परेका छन् ।
रामनगर गाउँपालिकामा कार्यरत इञ्जिनीयर रामजीबाबु यादव बिहिबार मलङ्वाको अशोका होटलबाट ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई पक्राउ गरेको हो ।
उपभोक्ता समितिका पदाधिकारीसँग रकम लिँदै गरेको अवस्थामा यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
(रासस)