त्रिवि शिक्षण अस्पताल महाराजगन्जले दोस्रो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेको छ। अंग प्रत्यारोपण सर्जन प्राध्यापक डा रमेश सिंह भण्डारीको टोलीले सफल रुपमा कलेजो प्रत्यारोपण गरेको हो।
४४ वर्षीय पुरुषलाई २८ वर्षाीय ज्वाइँले कलेजो दान गरेको डा भण्डारीले सेतोपाटीलाई बताए। कलेजो प्रत्यारोपणका लागि दिल्लीको फोर्टिस अस्पतालका वरिष्ठ सर्जन डा विवेक विजले सहयोग गरेका थिए।
डेढ महिनाअघि पहिलो पटक शिक्षण अस्पतालमा सफल रुपमा कलेजो प्रत्यारोपण भएको थियो। ५५ वर्षाीय पदमबहादुर मल्ललाई ३३ वर्षीय छोरी पुर्नी शाहीले कलेजो दान गरेकी थिइन्।