दाङको तुलसीपुरमा एककिशोरी इनारभित्र मृत अवस्थामा फेला परेकी छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ हेमन्तपुर निवासी १५ वर्षीया सम्झना बुढा इनार भित्र मृत अवस्थामा फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार गएराति सम्झना आफ्नी आमा विमा बुढासँगै एउटै कोठामा सुतेकी थिइन्।
तर शनिबार बिहानै आमा जंगलमा गइन्। आमाले बिहान ११ बजेतिर घर आएर खोज्दा छोरी फेला नपरेपछि खोज्ने क्रममा आफ्नै घरको इनारमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ।