यात्रुबाहक माइक्रो र बस आपसमा ठक्कर खाँदा धादिङमा १३ जना घाइते भएका छन्।
सोमबार बिहान काठमाडौंबाट भैरहवा जाँदै गरेको लु २ ख २१३४ नम्बरको बससँग चितवनबाट काठमाडौंका लागि छुटेको ना ५ ख ३१५१ नम्बरको माइक्रो ठोक्किएको हो।
थाक्रे गाउँपालिकाको खयरघारीमा बससँग ठोक्किएपछि चिसापानी खोलामा खसेको माइक्रोका १३ जना यात्रु घाइते भएका हुन्।
घाइते सबैको अवस्था चिन्तामुक्त रहेको र उनीहरुलाई उपचारका लागि काठमाण्डौं पठाइएको धादिङ प्रहरीले जनाएको छ।