चितवनमा धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गरिराखेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुचारू भएको छ।
स्थानीयसँगको विवादपछि रोकिएको काम मंगलबारदेखि पुन: सुचारू गरिएको फाउन्डेसनका सिताराम कट्टेल (धुर्मुस) ले जानकारी दिए।
रंगशाला निर्माणका लागि चितवनमा गठन भएको पाँच हजार एक सदस्यीय मूल समितिको सोमबारको बैठकले रंगशाला बनाउन अनुकूल वातावरण तयार गरिदिएको कट्टेलले उल्लेख गरेका छन्।
समितिले मंगलबारदेखि जिल्लाव्यापी सहयोग अभियान सञ्चालन गर्ने तयारी पनि गरेको छ।
क्रिकेट मैदान बनाउँदा एक छेउमा रंगशालाको जग्गा सडकका लागि छाड्नुपर्ने भन्दै स्थानीयले अवरोध गरेपछि रंगशाला निर्माणको काम अवरूद्ध थियो।