जनकपुरमा एक जना युवामाथि अज्ञात समुहले छुरा प्रहार गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका १ वकिल टोलमा मंगलबार राति सवा ८ बजेतिर मोटरसाईकलमा आएका दुई जनाले युवा मुंजय राउतमाथि छुरा प्रहार गरेको हो ।
घाइते भएका राउत नेपाल जनता दलका धनुषा जिल्ला अध्यक्ष समेत छन् ।
राउतको कोखमा छुरा लागेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
राउत आफ्नो कोठातिर पैदल जाँदै गरेको समयमा मोटरसाईकलमा आएका अज्ञात व्यक्तिले उनीमाथि छुरा प्रहार गरेका छन् ।
राउतको अहिले उपचार जनकपुर अंचल अस्पतालमा भइरहेको छ ।
उनको अवस्था समान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।