मुगुमा एक वडा कार्यालयसहित ४ घर जलेर नष्ट भएको छ।
जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर २ मा आइतबार राति १२ बजे आगलागी हुँदा वडा कार्यालयसहित चार घर जलेर पूर्णरूपमा नष्ट भएको मुगुका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए।
घिमिरेका अनुसार आगोलागीमा वडा अध्यक्ष लालबहादुर मल्लको घर, स्थानीय हरिकृष्ण दाहाल, मोबाइल पसल समेत भएको पदमबहादुर बुढाको घर र स्टेशनरी पसलसमेत भएको वडा सचिव टङ्कबहादुर मल्लको घर जलेर नष्ट भएको हो।
उनले घटना कसरी र कति क्षति भएको खुल्न बाँकी रहेको बताए।
थप अनुसन्धानका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटना भएको क्षेत्रमा पठाइएको जनाइएको छ।