श्रीलंकामा डेंगुका कारण ४७ जनाको ज्यान गएको छ।
श्रीलंकाको स्वास्थ विभागले जुलाईसम्म ४७ जनाको ज्यान जानुका साथै यसले दुई लाख भन्दा बढीलाई संक्रमण गरेको जनाएको छ।
त्यस्तै गत वर्ष डेंगुका कारण ५८ जनाको मृत्यु भएको एजेन्सीले जनाएको छ।
त्यहाँको इपिडेमोलोजी युनिटले पाँच सहरमा बढी खतरा रहेको जानकारी दिएको छ। कोलोम्बो, गाम्पाहा, कालुतारा, रत्नपुरा र गल्लेमा डेङ्गुको उच्च जोखिम रहेको छ।
कोलोम्बोमा सबभन्दा बढी संक्रमण भेटिएको छ जसमा ७ हजार २ सय ६० जनालाई संक्रमण भएको पाइएको छ।
डाक्टरहरूले गर्भवती महिलाहरूलाई ज्वरो आउन बित्तिकै अस्पतालमा भर्ना हुन सचेत गराएका छन्।