घर नजिकैको माछापोखरीमा डुबेर झापामा १४ महिनाकी बालिकाको ज्यान गएको छ।
प्रहरीका अनुसार झापा बुद्धशान्ति गाउँपालिका-६ शान्तिनगर बस्ने खड्कबहादुर लिम्बूकी छोरी साखिम लिम्बूको पोखरीमा डुबेर मृत्यु भएको छ।
मध्यान्ह सवा १२ बजे नाबालिका घर नजिकै रहेको माछा पोखरीको छेउमा खेल्ने क्रममा सोही माछा पोखरीमा परी डुबेर बेहोस् भएकी थिइन्।
उनलाई उपचारको क्रममा विर्तामोडतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।