भारततर्फ तस्करीका गर्नका लागि लुकाइछिपाई राखिएको ९५० केजी मरिच प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले मोतीहानी नगरपालिका वडा नम्बर ८ स्थित रहिम लहेरी, जवाहर दर्जी तथा हकिम दर्जीको घरमा ३८ वटा बोरामा लुकाइ राखिएको अवस्थामा मरिच बरामद गरेको बताएका छन्।
अधिकारीका अनुसार सो मरिचको मूल्य वर्तमान बजारभाउ अनुसार ५ लाख ७० हजार रूपैयाँ पर्छ।
पक्राउ मरीचलाई आवश्यक कारवाहीका लागि मूल भन्सार भिट्टामोड बुझाइएको छ।
मरीच तथा हरियो मटर तस्करीका लागि मोतीहानी, चम्सी तथा जलेश्वर ट्रान्जिट पोइन्ट मानिन्छ।
विशेष रातको समयमा यी सामानहरूको भारततर्फ तस्करी हुने गरेको छ।